एनआरएनए निर्वाचन समिति इजरायलको अत्यन्त जरुरी सूचना


गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको भावी कार्यसमितिको चयनको लागि गठित निर्वाचन समितिले गत ५ जुलाई आइतवार साधारण सदस्यहरुको नाम ,लिस्ट र सिरियल नम्वर एनआरएन इजरायलको निर्वाचन समितिमा बुझाई सकेको तर प्राविधिक कारणले अधकट्टी र सो वापतको रकम निर्वाचन समितिलाई बुझाउन बाँकी रहेकोमा आज ७ जुलाई मंगलवार बेलुका ९ बजेसम्म अनिवार्य रुपमा समितिसम्म बुझाउन अनुरोध गरेको छ ।

Source: NRNA ISRAEL

एनआरएनए इजरायलको निर्वाचन सौहार्दपूर्ण बाताबरणमा सम्पन्न, मतगणना जारी


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल (NRNA) को भावी कार्य-समिति चयनको लागि १८ जुलाई २०१५ शनिबार इजरायलको तेलअभिवको हाहगना मार्ग स्थित बेतवार्वर हलमा उत्साहजनक गैर आवासीय नेपालीहरुको उपस्थितिमा सौहार्दजनक वातावरणमा निर्वाचन सम्पन्न भएको छ ।

Source: NRNA ISRAEL